२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदभार ग्रहण

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौँ । स्वास्थ्य मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शुक्रबार दिउँसो उनले पदभार ग्रहण गरेकी हुन्। रास्वपाकी सांसद उनले आजै पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

पेसाले नर्स उनी रास्वपामा स्थापनाकालदेखि नै आबद्ध छिन् । उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिएकी हुन् ।

सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट ‘नर्सिङ’मा स्नात्तकोत्तर गरेकी छन् । उनी विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपप्राध्यापक रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट