काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले अब सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय गरेका छन् । उनले आफू कम बोल्ने र एक्सनमा जाने बताए । सुशासनविरुद्धका कुनै काम हुन नसक्ने उनले बताए ।
गृहमन्त्री गुरुङले अब देश जेनजी जनादेश अनुसार अघि बढ्ने बताए । उनले गलत गर्ने कसैले पनि छुट नपाउने बताउँदै केही काम गर्दा कसैले घुस वा पैसा माग्यो भने सीधै खबर गर्न पनि उनले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस