काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दिपक खड्काले कांग्रेस संसदीय दलको नेता योगेश गौचन थकाली बनाउनुपर्ने बताएका छन् ।
मुस्ताङबाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद गौचनलाई बनाउन कांग्रेस लाग्नुपर्ने उनले बताएका हुन् । ३६ वर्षको युवा बालेन प्रधानमन्त्री भएकोमा बधाई दिँदै कांग्रेसले ३० वर्षको युवा नेता गौचनलाई दलको नेता बनाएर म्यासेज दिनुपर्ने बताए ।
कांग्रेस संसदको विपक्षी दल भएकोले विपक्षी दलको नेता प्रधानमन्त्री भन्दा कम उमेरको बनाएर पार्टी युवाहरूको पक्षमा रहेको सन्देश दिनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री बालेनसँग वार्ता एवं छलफल गर्न गौचनलाई सहज र संसदलाई प्रभावकारी बनाउन दबाब दिन सहज हुने भएकोले
पार्टीको नेता अर्जुननसिंह केसीभन्दा गौचन उपयुक्त हुने पार्टीका नेताहरूको भनाई छ ।
प्रत्यक्ष निर्वाचित सांसद गौचन पूर्व मन्त्री रोमी गौचनका छोरा हुन् । राजनीतिक परिवारमा हुर्किएका गौचन सक्षम र योग्य युवा नेता हुन् ।
२०७९ मा प्रत्यक्ष निर्वाचित सासद गौचन २०८२ मा पनि निर्वाचित भएका लोकप्रिय नेता हुन् । पार्टीले जिम्मा दिए दलको नेता भएर काम गर्ने र संसदलाई प्रभावकारी बनाउने गौचनले बताए ।
प्रतिक्रिया दिनुहोस