२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ओली र लेखकको गिरफ्तारी विधिको शासनको उपहास हो, अविलम्ब रिहा गरियोस्: योगेश भट्टराई

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा निन्दा गर्दै यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । शनिबार बिहान दुवै नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि भट्टराईले सरकारको यो कदमले लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको टिप्पणी गरेका हुन् ।

भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयम हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटोमा जानुपर्दछ। कानुनी राज्य र विधिको शासनको उपहास हामीलाई मान्य छैन।” उनले घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई नियन्त्रणमा लिइएको घटनाको कडा शब्दमा निन्दा गर्दै भट्टराईले सरकारलाई उनीहरूलाई अविलम्ब रिहा गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु र अविलम्ब रिहाईको माग गर्दछु।”

नवनियुक्त बालेन शाह नेतृत्वको सरकारले प्राप्त जनादेशको दुरुपयोग नगर्न भट्टराईले ध्यानाकर्षण गराएका छन् । उनले प्रतिकूल परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध भएर लाग्ने र कार्यकर्ताहरूलाई संयम र धैर्यता अपनाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट