२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ओली–लेखक पक्राउ ‘प्रतिशोधपूर्ण’ भन्दै एमालेको कडा प्रतिवाद, उच्चस्तरीय आयोगको माग

शनिवार , चैत्र १४, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोधपूर्ण र कानुनी शासन विपरीत ठहर गरेको छ। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको कदमको राजनीतिक र कानुनी रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको बताए । एमालेले भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

एमालेका ४ निर्णयहरूः

१. उच्चस्तरीय आयोगको मागस् सर्वोच्चका न्यायाधीशको नेतृत्वमा नयाँ छानबिन आयोग गठन हुनुपर्ने ।

२. आजै ३ बजे प्रदर्शनस् देशका सबै जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन।

३. भोलि सिडिओ कार्यालय घेराउः चैत १५ गते (भोलि) दिउँसो १२ बजे सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने ।

४. सहकार्य र संवादः लोकतन्त्र र कानुनी राज्यका पक्षधर दलहरू तथा नागरिक समाजसँग मिलेर अघि बढ्ने।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट