काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेका छन् ।
शनिबार दिउँसो माइतीघरमा भेला भएर एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ लागेका थिए । बबरमहलको सडकमै प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन् । भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस