२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ओली पक्राउको विरोधमा एमाले सडकमा: आज देशभरका सिडिओ कार्यालयमा विरोधपत्र बुझाइँदै

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा नेकपा एमालेले आज देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने भएको छ।

शनिबार बसेको एमालेको आकस्मिक सचिवालय बैठकले सरकारको कदमलाई राजनीतिक प्रतिशोध ठहर गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

एमालेले भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको वैधतामाथि प्रश्न उठाएको छ । पार्टीले उक्त आयोगको प्रतिवेदनमाथि आफ्नो गम्भीर असहमति रहेको जनाउँदै घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ ।

ओली पक्राउपछिको विकसित परिस्थितिको सामना गर्न र संसद्मा रहेका अन्य दलहरूसँग समन्वय गरी सामूहिक प्रतिवाद गर्न एमालेले शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ।

यसैबीच, प्रहरीले आजै ओली र लेखकलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ। हिजो सार्वजनिक बिदा भएकाले उनीहरूलाई आज मात्र म्याद थपका लागि लगिन लागिएको हो ।

ओली हाल स्वास्थ्य संवेदनशीलताका कारण त्रिवि शिक्षण अस्पतालमा भर्ना छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट