काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
सरकारको कार्यसूचिअनुसार छानबिन समितिले पहिलो चरणमा वि.सं २०६२÷६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी उच्चपदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन निर्णयमा बस्नेतले समर्थन जनाउँदै उक्त कार्यमा सरकारलाई जनस्तरबाटै भरपुर सहयोग हुने धारणा व्यक्त गरेका छन् ।
बस्नेतले भने, ‘सुशासनका सन्दर्भमा वर्तमान सरकारसँग नागरिकको ठूलो अपेक्षा रहेको छ । मुलुकमा सुशासन कायम गर्ने सरकारको कदमले जनतामा उत्साह जगाएको छ ।’
यसअघि मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता आएको थियो तर सरकार बल्ल आयो भनेर जनताले भन्न थालेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस