२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

आइतवार , चैत्र १५, २०८२

काठमाडौँ । हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै उनी चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ ।

“हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट