२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थीत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरिक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।

मनसुन आउनुभन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनिकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफुले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए । उनले नेपाल प्राकृतिक बिपद्को जोखिम राष्ट्र भएकाले पनि सवै मिलेर जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

आफु १० बर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफु हैसियत बनाएर नै काम गर्ने ठाँउमा आएको प्रतिक्रिया दिए । अब कुनै पनि नागरिकले प्राकृतिक बिपद्बाट ज्यान गुमाउन नपर्ने गरि तयारी हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट