काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परेकी छन् । काठमाडौँको धुम्बाराहीस्थित आफ्नै निवासबाट उनलाई आइतबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
नेकपा (एमाले) बाट निर्वाचित सांसद शर्मामाथि नाबालिकालाई घरेलु श्रममा लगाएको र बालबालिका विरुद्धको कसुर गरेको गम्भीर आरोप छ । केही समयअघि काठमाडौँ महानगरपालिकाले उनको घरबाट एक बालिकाको उद्धार गरेपछि यो विषयले कानुनी र सामाजिक रूपमा चर्चा पाएको थियो ।
प्रहरीका अनुसार, शर्मालाई बालबालिका सम्बन्धी ऐनअन्तर्गत हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लामो समयदेखि विवादमा रहेको यो मुद्दामा प्रहरीले अहिले आएर कानुनी कारबाही तीव्र पारेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस