२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सोमबार सुनुवाइ हुँदैछ । आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अत्यधिक बल प्रयोग र दमन भएको ठहर गर्दै घटना जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा वर्तमान सरकारले उनीहरूलाई गत शनिबार पक्राउ गरेको हो ।

आइतबार दर्ता भएको उक्त रिटमा आजका लागि पेसी तोकिएको छ । आजको सुनुवाइपछि अदालतले उनीहरूलाई हिरासतमा राख्नुको कारण माग गर्ने वा रिहाइको आदेश दिने भन्ने विषयमा प्रारम्भिक आदेश जारी गर्न सक्नेछ । यस घटनाले मुलुकको राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट