२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

देउवा–कोइराला समूहले बोलाए छुट्टै केन्द्रीय समिति बैठक

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बिहान ११ बजे महाराजगञ्जस्थित स्मार्ट होटलमा बस्ने भएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीति र सर्वोच्च अदालतमा दायर गरिएको रिटका विषयमा गम्भीर छलफल हुनेछ। विशेष महाधिवेशनबाट चुनिएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा–कोइराला समूहले यसलाई चुनौती दिँदै कानुनी र राजनीतिक लडाइँ सुरु गरेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक लगत्तै सातै प्रदेशका सभापति र जिल्ला सभापतिहरूको भेला समेत बोलाउने तयारी गरिरहेका छन् । निर्वाचन आयोगको निर्णयलाई अन्यायपूर्ण भन्दै यो समूहले देशभर आफ्ना गतिविधिहरूलाई तीव्रता दिने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट