काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्काको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो ।
गएराति साढे १२ बजेतिर हिरासतमा रहेकै बेला खड्कालाई निरन्तर बान्ता हुने समस्या देखिएको थियो । अनुसन्धान अधिकृतहरूको समन्वयमा तत्कालै उनलाई नर्भिक अस्पताल लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि नर्भिकले उनलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) रिफर गरेको विभागका एक अधिकृतले जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा विस्तृत अनुसन्धान गरिरहेको छ। हाल उनको शिक्षण अस्पतालमा विशेष निगरानीका साथ उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस