२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दाः आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

लामिछानेले अमेरिकी नागरिकता कायमै रहेको अवस्थामा नेपाली राहदानी (पासपोर्ट) लिएर दुरुपयोग गरेको दाबी गर्दै युवराज पौडेल (सफल) ले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि लगातार चार पटकसम्म हेर्न नभ्याइने सूचीमा परेको यो मुद्दा आजको दैनिक पेसी सूचीको १२ औँ नम्बरमा रहेको छ।

सर्वोच्चले यसअघि यो मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णयको सक्कल फाइल मगाइसकेको छ । आज हुने दोहोरो सुनुवाइपछि अदालतले महान्यायाधिवक्ताको निर्णयलाई सदर गर्ने वा लामिछानेविरुद्ध मुद्दा चलाउन आदेश दिने भन्ने विषयमा प्रारम्भिक वा अन्तिम फैसला आउन सक्नेछ ।

यदि अदालतले महान्यायाधिवक्ताको निर्णय उल्ट्याइदिएमा लामिछानेमाथि राहदानी ऐनअनुसार फौजदारी अनुसन्धान र मुद्दाको प्रक्रिया पुनः सुरु हुनेछ, जसले उनको राजनीतिक भविष्यमा ठूलो प्रभाव पार्न सक्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट