२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नागढुंगा–मुग्लिन सडक तीन दिन राति ६ घण्टा बन्द: यस्तो छ तालिका

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । चितवनको नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिनसम्म राति बन्द रहने भएको छ । सडक स्तरोन्नति कामका क्रममा इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर लगायतका स्थानमा राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा अत्यावश्यक बाहेकका सबै सवारीसाधन रोक्ने निर्णय गरिएको उल्लेख छ । सडक बन्द हुँदा यात्रुहरूले कठिनाइ भोग्न सक्ने चेतावनी पनि दिइएको छ ।

यसअघि पटक–पटक सवारी आवागमन रोकिँदा यात्रुहरूमा असुविधा भइरहेको भन्दै आयोजनाले समयावधि निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ