काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । यसअघि गत जेठ २६ देखि नै सञ्चालन गर्नेै तयारी भएपनि कोरोनाभाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि रोकिएको परीक्षा हुन लागेको हो । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गते सकिनेछ ।
सम्बन्धित विद्यालयमै भौतिक दुरी कायम गरेर सञ्चालन हुने परीक्षामा स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्नेमा बोर्डले जोड दिएको छ ।