२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यस्तो छ डेपुटी गभर्नर किरण पण्डितको सम्पत्ति विवरण

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। राष्ट्र बैंकले मंगलबार पण्डितको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

पण्डितलाई सरकारले चैत २४ गते डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।

पण्डिले राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरणअनुसार, काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँको जग्गा छ। उक्त जग्गाको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

काठमाडौंकै तारकेश्वरमा कामना शर्मा पण्डितकै नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा डेपुटी गभर्नर पण्डितकै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको उनले उल्लेख गरेका छन्।

डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र २ लाख बराबरको हीरा रहेको सार्वजनिक गरेका छन्। सम्पत्ति स्रोतका रूपमा निजी आर्जन तथा विवाह तथा पास्नीमा पाएको उनले बताएका छन्।

त्यसैगरी, पण्डितसँग राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रकम छ। विभिन्न कम्पनीहरूको ७ सय कित्ताभन्दा बढी शेयर लगानी रहेको उनले खुलाएका छन्।

पण्डितका बुबा केशरीराज पण्डितको नाममा तनहुँको दमौलीमा ११ रोपनी र काठमाडौंमा आमाको नाममा ६ आना जग्गा रहेको पण्डितले राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ। आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तलाको घर रहेको र उक्त सम्पत्ति पैत्रिक भएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ सम्पत्ति विवरण :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार