काठमाडौं । पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले पार्टीको सदस्यता पत्र प्रदान गरेर किराँतीलाई पार्टी प्रवेश गराएका हुन् । श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि नेता किराँतीले परिवर्तनकारीहरु एकै ठाँउमा आउन जनताको जाहना र वर्तमानको जिम्मेवारीबोध गरेर आफु श्रम संस्कृतिमा आएको बताए । उनले एकताले एउटा कोसैढुङ्गा साबित गरेको र बाँकी आफुहरुको व्यवहार र प्रतिवद्धताले देखाउने धारणा राखे । किराँतीले बिगतमा भएका कमीकमजोरी सच्चाउर्दै देश र जनताप्रति थप उत्तरदायी भएर काम गर्ने समेत बताए । यसअघि बिभिन्न पार्टीमा रहदा आफुहरु कसैको कारिन्दाका रुपमा मात्र बस्नुपरेकाले गन्तव्यमा पुग्न नसकेको उनको भनाइ छ ।
त्यस्तै किराँतीलाई पार्टी प्रवेश गराउदै श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले देशका लागि सच्चा भावनाका साथ काम गर्ने पार्टी आफुहरुको मात्रै भएको बताए । पार्टीमा धेरै भन्दा धेरै युवाहरुलाई जोड्दै देश बनाउने अभियानमा लाग्ने उनको भनाइ छ । उनले श्रम संस्कृति कुनै व्यक्तिका लागि नै जनताका लागि निर्माण भएको भन्दै जनताको पक्षमा सशक्त रुपमा लाग्ने प्रतिवद्धता जनाए ।
माओवादीमा रहनुभएका किराँती पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए । किराँतीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको हैसियत दिइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस