२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुकुमबासी एवं अव्यवस्थीत बसोबासमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । सुकुमबासी एवं अव्यवस्थीत बसोबासमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । 

यो देश गरीबको पनि हो भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । सुकुम्वासी एवं अव्यवस्थीत बसोबास प्रति राज्यले निर्मम ढंगले दमन गरेको श्रम संस्कृति पार्टीको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले भूमिहीनलाई पहिले व्यवस्थापन गर, मानवअधिकारका लािग एक हौ, कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हैन र, भूमिहीनलाई भूमि दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कुनै बिकल्प र व्यवस्थापन नै नगरि सुकुमबासी एवं अव्यवस्थीत बसोबासमाथि दमन गरेर राज्यले निरंकुश शैली देखाएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट