२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अध्यादेशबाट कानून संशोधन गरी निजी स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास भयो : उपसभापति भुसाल

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले अध्यादेशमार्फत कानून संशोधन गरेर निजी स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास भएको टिप्पणी गरेकी छन् । 

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा उपसभापति भुसालले घोषणा भइसकेको संसदको अधिवेशनलाई स्थगित गराएर अध्यादेशको मार्फतबाट कानून संशोधन गरेर स्वार्थका लागि संवैधानिक संस्थालाई अपहरण गर्ने प्रयास भएको टिप्पणी गरेकी हुन् ।

उनले प्रधानन्यायधीश सिफारिसमा समेत न्यायपालिकामाथि कार्यपालिकाको पूर्ण नियन्त्रणको संकेत देखिएको धारणा राखिन् । सबैसँग छलफल गरेर संवैधानिक परिषद्मार्फत नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा संविधानको संरचनालाई कमजोर गर्नेगरि अध्यादेशमार्फत परिषद्माथि समेत हस्तक्षेप भएको उनको भनाइ छ ।

उनले आगामी दिनमा पनि आफु अनुकुल राज्य चलाउन अध्यादेश मार्फत संविधानलाई कमजोर बनाउने देखिएको आशंका गरिन् । उनले संविधान संशोधनका लागि पहिले संविधान मान्छु भनेर सरकारले प्रतिवद्धता जनाउनुपर्ने बताइन् । 

pradip gyawali emlee neta.jpg

कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख देखिएको धारणा राखे । उनले अहिले भएकै व्यवस्थालाई अझ बढी व्यवस्थित परिमार्जित गर्नका लागि संविधान संशोधन हुनुपर्ने बताए । आफुहरु संविधान संशोधनको खिलापमा नरहेको भन्दै पहिले सत्तारुढ दलले आफ्नो पोजिसन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

ज्ञवालीले दुई तिहाईको बलमा संविधानका आधारभूत संरचना खल्वलिन नदिनका लागि दलहरु एक हुनुपर्नेमा जोड दिए । अहिले राष्ट्रियताको स्थिति अहिले एकदमै एकदमै जोखिममा रहेका समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट