२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुनको मूल्यमा सामान्य गिरावटः तोलामा एक हजारले घट्यो, चाँदीको मूल्य कति ?

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने  चाँदीको मोल भने रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३०० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो  ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ