२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सार्वजनिक सवारीसाधन र राइड सेयरिङकाबीच रहेका कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गर्छौँ : मुख्यमन्त्री पाण्डे

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सवारीसाधन र राइड सेयरिङकाबीच रहेका कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताएका छन् । 

आइतबार पोखरामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाअधिवेशन उद्घाटन गर्दै विधिवत रुपमा दर्ता भएर सञ्चालनमा रहेका सावर्जनिक सवारीसाधन र राइड सेयरिङमा रहेका सवारीबीचको कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताएका हुन् । 

गत वर्ष राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्व बुझाउन आवश्यक रहेको धारणा राखे । बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको उनले बताए । यस क्षेत्रको समस्या समाधानका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानुन निर्माण र लबिइङमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

त्यसैगरी नेपाली प्रहरीका महानिरिक्षक दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए । कास्की जिल्लाका प्रमुख जिल्ला अकिारी रुद्रादेबी शर्माले याताथात ब्यबसायी हरुको हक हितका लागी शान्ती सुरक्षाका लागी प्रशासनका तर्फ बाट आबश्यक्ता अनुसारको सहयोग हुने बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ