काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन संसदमा नगएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस