काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार संसदमा राखेको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन पुनः माग गरेपछि सभामुख अर्यालले थापालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
त्यसअघि रास्वपा सांसद खनालले एमाले सांसद थापाको अभिव्यक्त आपत्तिजनक र अमर्यादित रहेकाले रेकर्डबाट हटाउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस