२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाहको उपस्थीतिको माग गर्दै बिपक्षी दलहरु निरन्तर विरोध जनाएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

पटक–पटक स्थगित हुँदै बुधबार तेश्रो पटक बसेको संसद बैठकमा पनि बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बिपक्षीको अवरोधपनि सभामुख डोल प्रसाद अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र जवाफ दिनका लागि बैंशाख ३१ गतेको दिन तोक्दै बैठक स्थगित भएको घोषणा गरे । 

प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ३१ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट