२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको अपिल : प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण छैन

शुक्रवार , जेठ १, २०८३

काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । 

उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई अपिल गर्दै यस्तो बताएका हुन् । अध्यक्ष साम्पाङले संसद र बाहिर पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

सांसद शाहीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्ने र सबै मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ । प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ ।’

त्यस्तै, शाहीले संसद जनताको आवाज बोल्ने थलो भएको र जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै भएको बताएका छन् । 

‘हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ । हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो’, उनले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार