२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुन्धारा कारागारबाट फरार जन्मकैद सजाय तोकिएकी सपना तामाङ तीन दिनपछि पक्राउ

सोमवार , जेठ ४, २०८३

काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति फरार भएकी नुवाकोट विदुर नगरपालिका निवासी २५ वर्षीया सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असन क्षेत्रबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान र चोरी मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेकी तामाङ शुक्रबार राति करिब १ बजे कारागारबाट फरार भएकी थिइन् । कारागार प्रशासनका अनुसार उनले भुइँमा केही सामग्री ओछ्याएर पर्खाल नाघी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

यसअघि पनि जेनजी आन्दोलनका बेला उनी कारागारबाट फरार भएकी थिइन् । त्यतिबेला करिब दुई महिनापछि पक्राउ परेकी तामाङ यसपटक भने भागेको तीन दिनमै प्रहरी नियन्त्रणमा आएकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार