काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद केसीले लिली थापाको संयोजकत्वमा बनेको मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ? भन्दै प्रश्न गरे । उक्त प्रतिवेदन रोकिएको बारे संसद जानकारी पाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्दै सांसदहरुलाई उपलव्ध गराउन माग गरे ।
भाद्र २४ गते करिव १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेको भन्दै सांसद केसीले यस्तो घटना नदोहरिने गरि सरकारले प्रत्याभूति गर्नुपर्ने बताए ।
उनले दुवै प्रतिवेदन लुकाउने, जनता झुक्काउने र छलछाप गर्ने काम बन्द गर्न समेत माग गर्दै तुरुन्त प्रतिवेदन सार्वजनिक गरि दोषीमाथि कानूनबमोजिम हदसम्मको कडा कारबाही गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस