२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कानूनमन्त्री गौतमसँग एपीजीका उपकार्यकारी सचिव र नीति अधिकृतको शिष्टाचार भेटघाट

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग एसिया–प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड श्यानन र नीति अधिकृत किया सासलले शिष्टाचार भेटघाट गरेका छन् । 

भेटका क्रममा एपीजीका उपकार्यकारी सचिवले नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूची (ग्रे लिस्ट) बाट हटाउनका लागि भइरहेका प्रयास, मूख्यतस् सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित विभिन्न कानूनको कार्यान्वयनको सम्बन्धमा आवश्यक पर्ने समन्वय, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानसँग सम्बन्धित विभिन्न निकायहरू बिचको समन्वय र अन्तरसम्बन्ध, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफतका विषय तथा सम्पत्ति शुद्धीकरण निवारणमा संलग्न दक्ष मानव संसाधनको विषय औल्याए ।

मन्त्री गौतमले वर्तमान सरकारले सम्पत्ति शुद्धीकरणको विषयलाई गम्भीर रूपमा लिएको र नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सरकारको तर्फबाट गर्नु पर्ने कार्य प्राथमिकतामा रहेको विषय व्यक्त गरिन् । यस क्रममा उनले अन्तरनिकाय बीच हुने समन्वय र अन्तरसम्बन्धलाई थप सुदृढ गर्ने तथा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निकायहरूको कार्यमा प्रभावकारीता बढाउनको लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । 

WhatsApp Image 2026-05-19 at 7.41.22 PM.jpeg

यसको साथै पारस्परिक कानूनी सहायतालाई प्रभावकारी बनाइने र यसक्रममा गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता भइसकेको तथा अन्य देशहरुसँग समेत सम्झौता गर्दै यसलाई विस्तार गर्दै जाने योजना रहेको कुरा व्यक्त गरिन् । 

मन्त्री गौतमले सम्पत्ति शुद्धीकरण निवारणमा दक्ष मानव संसाधनको संलग्नता र संलग्न मानव संशाधनको निरन्तरताको विषयमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गरिन् । कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफतका विषयमा प्रचलित कानूनमा गर्नु पर्ने सुधारका विषयमा सम्बन्धित मन्त्रालयमा कानून निर्माणको क्रममा रहेको र कानून मन्त्रालयमा मस्यौदा प्राप्त भएपछि प्राथमिकता दिई प्रक्रिया अघि बढाइने व्यहोरा उनले अवगत गराइन् ।

वर्तमान सरकार सुशासनप्रति प्रतिबद्ध रहेको, यो सरकारलाई प्राप्त भएको जनादेश र राष्ट्रिय प्राथमिकतामा पनि सम्पत्ति शुद्धीकरण निवारणको विषय उच्चतम् रहेको र आगामी दिनहरूमा एपीजीबाट हुने प्राविधिक सहयोगका विषयलाई निरन्तरता दिने विषयमा मन्त्री गौतम र एपीजीका प्रतिनिधिहरूबीच सार्थक छलफल भयो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट