काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौमतले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी अध्यादेश पेस गर्न लागेपछि विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट मन्त्री गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए । तर, उनीहरु सभामुखले दिएको समय लिन अस्वीकार गरेर उठिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस