२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पश्चिमी वायु सक्रिय : चार प्रदेशमा चट्याङसहित वर्षा, सुदूरपश्चिममा तातो लहरको चेतावनी

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय हुँदा देशका विभिन्न प्रदेशमा वर्षा र चट्याङको सम्भावना बढेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेससहित तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लुम्बिनी प्रदेशका केही क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । ती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा जारी रहने महाशाखाले जनाएको छ । अन्य प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ