२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले सचिवालय बैठकमा निर्वाचनको समिक्षा र पार्टीको आन्तरिक बिषयमा छलफल

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा निर्वाचनको समिक्षा र पार्टीको आन्तरिक बिषयमा छलफल भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा ५ जना उपाध्यक्षहरूले धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सचिवालयका अन्य १२ जनाले शनिबार धारणा राख्ने उनले बताए ।  शुक्रबारको बैठकमा कार्यविभाजनको विषयमा प्रवेश नभएपनि केही विषयमा संशोधन हुनसक्ने उनले बताए ।

सचिवालयको बैठक शनिबार साढे ११ बजे पुनः बस्ने भट्टले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमाकार्यविभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई छलफलपछि परिमार्जनका साथ अघि बढाउने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ