काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले गौशालास्थित समाज कल्याण केन्द्र, वृद्धाश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
मन्त्री वादीले आज पशुपतिस्थित वृद्धाश्रममा पुगेर वृद्धवृद्धाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारको सरसफाइ सप्ताहअन्तर्गत मन्त्रालयले आयोजना गरेको पशुपति वृद्धाश्रम सरसफाइ कार्यक्रमा सहभागी भएकी हुन् ।
सरसफाइमा मन्त्रालयका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री वादीले आश्रमको अनुगमन समेत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस