२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानमन्त्री छिट्टै प्रतिनिधिसभामा आएर जवाफ दिनुहुन्छ : सभामुख अर्याल

मंगलवार , जेठ १२, २०८३

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह छिट्टै सदनमा आउने तयारीमा रहेको जानकारी गराएका छन् ।

सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री शाह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे ।

उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री शाह आउने मिति तय गर्ने जनाए । सभामुख अर्यालले कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेकाले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे ।

यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ