२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत रहने अनुमान

बुधवार , जेठ १३, २०८३

काठमाडौँ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ ।

सर्वेक्षणमा सरकारी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी सङ्ख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि एक दशमलव ५० प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दुई दशमलव ३६ प्रतिशतले बढेको थियो ।

सर्वेक्षणअनुसार विद्यालय तहमा कुल भर्नादर बढेको छ । शैक्षिकसत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १३६ दशमलव २ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ८५ दशमलव ७ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यस्तो भर्नादर क्रमशः १२४ दशमलव ८ प्रतिशत र ८० दशमलव ६ प्रतिशत रहेको थियो ।

शैक्षिकसत्र २०८२ मा १०४ विद्यालय थप भई विद्यालय सङ्ख्या ३५ हजार ९५१ पुगेको छ । यसमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१ दशमलव २७, संस्थागत विद्यालयको २४ दशमलव ८७ र परम्परागत/धार्मिक विद्यालय ३ दशमलव ८६ प्रतिशत रहेका छन् ।

तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमध्ये १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ५० दशमलव ८५ प्रतिशत रहेका छन् । दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय शून्य दशमलव ४७ प्रतिशत रहेका छन् ।

सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रमा विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयलाई नक्साङ्कन गरी समायोजन गर्दै लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ