२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो गणतन्त्र दिवस

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । १९ औँ गणतन्त्र दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

दिवसका अवसरमा गणतन्त्र दिवस २०८३ मूल समारोह समितिले शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै गणतन्त्र दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको छ । 

त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत समेत गरिएको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गर्नुका साथै सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारीको उपस्थीति रहेको थियो ।

Screenshot 2026-05-29 134550.jpg

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकअघिदेखि गणतन्त्र दिवस मनाउदै आइएको छ ।  

विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ