काठमाडौ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को चुनाव पछि आफुहरु घाइते मात्रै भएको तर समाप्त नभएको बताएका छन् । हामी अहिले घाइते भएका छौ,उपचार गरेर अब स्वथ्य भएका छौ ओलीले भने ।
अध्यक्ष ओलीले देशलाई प्रतिगामी वा फाँसीवादी दिशातर्फ लैजाने कुनै पनि प्रयास सफल नहुने स्पष्ट पारेका छन्् । अध्यक्ष ओलीले यस्ता प्रवृत्तिहरूको सामना गर्न सबै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र कार्यगत एकता आवश्यक रहेको पनि बताएका छन् ।
नेकपा (एमाले)ले आयोजना गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलअन्तर्गतको सम्पर्क विशेष संगठन कमिटीसँगको सुझाव सङ्कलन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले मुलुकको राजनीतिक दिशा कुनै पनि हालतमा प्रतिगमनतर्फ जान नसक्ने बताए ।
उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको रक्षा गर्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै तत्कालका लागि संगठनात्मक एकीकरणभन्दा पनि सहकार्य र कार्यगत समन्वय प्राथमिकता हुने स्पष्ट पारे ।
नेकपा एमाले सुदृढ, देशव्यापी सञ्जाल भएको पार्टी भएकाले यसको थप विस्तार र सुदृढीकरणमा जोड दिनुपर्ने अवस्था छ अहिले –‘पार्टी एकीकरणको आवश्यकता अहिले छैन ।’
एमालेले विगतमा सरकारमा रहँदा विकास र जनहितका थुप्रै काम गरेको दाबी गर्दै पार्टीलाई जनतामा अलोकप्रिय बनाउने गरी कुनै कमजोरी नभएको पनि बताए । बरु, भ्रम र गलत प्रचारका कारण पार्टीले अस्थायी रूपमा धक्का व्यहोर्नुपरेको ओलीको दाबी थियो ।
ओलीले आफूहरू राजनीतिक रूपमा कमजोर नभएको दाबी गर्दै “घाइते भए पनि समाप्त नभएको शक्ति” भएको टिप्पणी गरे र त्याग, तपस्या र समर्पणका कारण पार्टी अझै मजबुत भएर उठ्ने विश्वास पनि अध्यक्ष ओलीले गरे ।
भदौ २३÷२४ मा भएको घटनालाई लक्षित गर्दै त्यसलाई आफ्नो कमजोरी नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरे । त्यस क्रममा राज्य संयन्त्र अपेक्षित रूपमा सक्रिय नभएको आरोप ओलीको थियो ।
साथै, मानव अधिकार आयोगलगायतका संस्थाहरूको भूमिकाप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफूहरू अन्यायमा परेको बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा ‘ उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस