२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

रास्वपाको शपथ समारोहमै देखियो विवादको असर : पाँच जनाको केन्द्रीय सदस्य हैसियत अनिश्चित

बुधवार , आषाढ १७, २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्वले आज शपथ लिए पनि केन्द्रीय सदस्य चयनसँग जोडिएको विवाद भने अझै टुंगिएको छैन। शपथ ग्रहण कार्यक्रममै निर्वाचन परिणामलाई लिएर उठेको असन्तुष्टिको प्रभाव देखिएको छ।

९९ सदस्यीय केन्द्रीय समितिका लागि आयोजना गरिएको शपथ कार्यक्रममा ९६ जनाले मात्रै शपथ लिए। निर्वाचन आयोगले यसअघि सार्वजनिक गरिसकेको मत परिणाममा संशोधन गरेपछि केही सदस्यको वैधानिकतामाथि प्रश्न उठेको हो।

संशोधित निर्णयअनुसार गण्डकी प्रदेशतर्फ चौथो स्थानमा रहेर निर्वाचित घोषित भएका सोम शर्मालाई अन्तिम सूचीबाट हटाइएको थियो भने उनको स्थानमा पूजा बास्तोलालाई समावेश गरिएको थियो। यस्तै, जनजाति क्लस्टरमा विजयी घोषणा गरिएका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई समेटिएको थियो।

निर्वाचन आयोगको उक्त निर्णयपछि सोम शर्मा र कृष्णमान श्रेष्ठले औपचारिक उजुरी दिएका छन्। उनीहरूको उजुरीमाथि अन्तिम निर्णय नआएकाले पार्टीले विवादमा परेका कुनै पक्षलाई तत्काल शपथ नगराउने विकल्प रोजेको स्रोतले जनाएको छ।

शपथअघि सोम शर्मा पार्टी केन्द्रीय कार्यालय पुगेर नेतृत्वसँग छलफलमा बसेका थिए। तर सहमति नजुटेपछि विवाद समाधान नभएसम्म सम्बन्धित पक्षलाई शपथमा सहभागी नगराउने निर्णय लिइएको बताइएको छ।

यससँगै सोम शर्मा, पूजा बास्तोला, विष्णुकुमारी गुरुङ, कृष्णमान श्रेष्ठ र ध्रुव थापामगर यी पाँच जनाको केन्द्रीय सदस्यको हैसियत तत्कालका लागि रोकिएको अवस्था बनेको छ।

रास्वपाले महाधिवेशनपछि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिसकेको भए पनि केन्द्रीय सदस्य चयनको विवाद भने अझै समाधानको प्रतीक्षामा रहेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट