२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

जीवन विकास र युनिक नेपालसँग मर्ज हुने मानुषी लघुवित्तको निर्णय

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तसँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. ०८१–०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । 

होटल उग्रचण्डी, बनेपामा भएको सभाले २ जना सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गरेको थियो । 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । १० करोड ९३ लाख ७५ हजार चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५० छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट