काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ३९ जना कर्मचारीको सरुवा गरेको छ।
शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले ६ जना उपसचिव, ४ जना शाखा अधिकृत र २९ जना अनंकित कर्मचारीको सरुवा गरेको हो।
मन्त्रालयका अनुसार सरुवा गरिएका कर्मचारीलाई विभिन्न विभाग, कार्यालय तथा निकायमा नयाँ जिम्मेवारी तोकिएको छ। सरुवाको उद्देश्य प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सरुवा सूची सार्वजनिक गर्दै सम्बन्धित कर्मचारीलाई तोकिएको कार्यालयमा गई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको सरुवाको सूची
प्रतिक्रिया दिनुहोस