२०८३, आषाढ २६ गते

शुक्रवार, आषाढ २६ गते २०८३

नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र भारत ‘ए’ टोलीबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ।

स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देभजित सैकियाबीच भएको बैठकपछि सिरिज आयोजना गर्ने निर्णय भएको हो।

सिरिज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। दुवै टोलीबीच तीन खेलको टी–२० सिरिज खेलाइनेछ।

खेल तालिकाअनुसार पहिलो खेल डिसेम्बर ९ मा, दोस्रो खेल डिसेम्बर ११ मा तथा तेस्रो एवं अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ।

नेपाल र भारत ‘ए’ बीच हुन लागेको यो सिरिजले नेपाली क्रिकेट समर्थकमाझ ठूलो उत्साह थप्ने अपेक्षा गरिएको छ। 

740628402_1068162312443920_4357694301479678030_n_WDjKjJ8wbG.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट