२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

मिडियाको गेटमा बेवारिसे गाडी राखेको घटनाप्रति महासंघको ध्यानाकर्षण, आतंकित पार्नेलाई कारबाही गर्न माग

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले  काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको र पत्रकारलाई सञ्चारकर्ममा जान समेत अवरोध गरेको दोषीमाथि कारबाही गर्न माग गरेको हो । 

आज बिहानदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार पार्किङ गरी छाडेर आवतजावतमा समेत अवरोध गरिएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्‍याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

29-asar-press-release-29-asar.docx-copy-scaled.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट