२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

सेयर बजारको आकार ४६ खर्ब ५४ अर्ब पुग्याे

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । नेपाल धितोपत्र बजार (सेयर बजार) को कुल बजार पुँजीकरण ४६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल  राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्मको प्रतिवेदनअनुसार वैशाख मसान्तमा ४४ खर्ब २३ अर्ब रहेकाेमा  कुल बजार पुँजीकरण बढेकाे हाे ।

प्रतिवेदनअनुसार कुल बजार पुँजीकरण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७०.५२ प्रतिशत बराबर पुगेको छ।  सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.९ प्रतिशत रहेको छ ।

जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

सेयर बजारको विस्तारसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पनि सुधारिएको छ।   ०८२ जेठ मसान्तमा २६५५.३९ रहेको नेप्से सूचकाङ्क २०८३ जेठ मसान्तमा २७२४.०३ कायम भएको छ ।

६७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ जेठ मसान्तमा सूचीकृत ९ अर्ब ५१ करोड शेयरको चुक्ता मूल्य रु.९३६ अर्ब ८५ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ को एघार महिनामा रु.४८ अर्ब २७ करोड बराबरको साधारण शेयर, रु.४० अर्ब ४४ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु.२७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु. ९७ करोड १७ लाख बराबरको एफपीओ र रु.२ करोड २३ लाख बराबरको अन्य गरी कुल रु.१४७ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

 समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३७ अर्ब ३ करोड बराबरको म्युचुअल फण्ड, रु.९ अर्ब १२ करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२ अर्ब ६० करोडको डिबेन्चर र रु.४ करोड ६७ लाख एफपीओ गरी कुल रु.५३ अर्ब ७३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट