२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

बालेन शाह नेतृत्वको सरकार तानाशाही बन्यो : अध्यक्ष ओली

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकार तानाशाही बनेको आरोप लगाएका छन् । 

आज (शुक्रबार) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एक युवा अभियन्ता कुनै ठाउँको अवलोकन गर्न जाँदा त्यहाँ पुलिस अत्याचारको पराकाष्ठा, घेरेर कुटपिट गर्ने, गिरफ्तार गर्ने क्रियाकलाप भएको बताए । 

त्यस्तै, विराटनगरमा पनि केही युवाहरूले प्रदर्शन गर्दा उनीहरूलाई पनि गिरफ्तार गरिएको भन्दै उनले सरकारविरुद्ध शान्तिपूर्ण ढङ्गले विरोध जनाउन पनि नदिएको बताए । उनले देश फाँसीवादतर्फ उन्मुख भइरहेको पनि आरोप लगाए ।

उनले घर–कार्यालय अगाडि र संचार माध्यमहरूका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने काम पनि निर्देशित ढङ्गले सरकारले नै गरेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट