२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

अर्थमन्त्रीले थाले बजेट कार्यान्वयनका बारेमा मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल

सोमवार , श्रावण ४, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रमुख मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा जारी बैठकमा बजेट कार्यान्वयनका प्राथमिकता, मन्त्रालयगत जिम्मेवारी, अन्तरमन्त्रालय समन्वय तथा निर्धारित लक्ष्य समयमै हासिल गर्ने विषयमा विस्तृत छलफल भइरहेको छ।

अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भइरहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार विकास, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, नतिजामुखी र समयबद्ध बनाउने, मन्त्रालयबीच समन्वय सुदृढ गर्ने तथा विकास आयोजना र कार्यक्रमको कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्ने विषयमा केन्द्रित छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले बजेटमा समेटिएका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्दै आर्थिक गतिविधिलाई तीव्रता दिने र विकास खर्चको प्रभावकारिता बढाउने लक्ष्यसहित मन्त्रालयगत समन्वयलाई प्राथमिकतामा राखेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट