काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।
यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या १४ हजार ७ सय ८७ रहेकाे छ ।