logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • थपिए १३९ जना कोरोना संक्रमति, ३ सय ९६ जना कोरोनामुक्त

    थपिए १३९ जना कोरोना संक्रमति, ३ सय ९६ जना कोरोनामुक्त

    3.6K
    Shares

    काठमाडौं । शनिबार  देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ जनाको नमुना पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शनिबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ भने ११ हजार ४३९ जनाको मृत्यु भएको छ । ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

    मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा  छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend