logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • लाली स्वास्थ्यचौकीमा औषधी अभाव

    लाली स्वास्थ्यचौकीमा औषधी अभाव

    4K
    Shares

    सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । औषधी नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कनु परिरहेको छ । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन् ।

    सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र बृद्धबृद्धा बिरामी परेकोमा औषधी अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । शाहीले भने, गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेको छन् ।

    दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउने गरे पनि औषधी अभावमा रित्तो हात फर्किनु परेको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यकर्मीले सिजनल फ्लुका कारण बिरामी बढेको बताएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend