logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • किसानलाई अनुदानमा आलुको बीउ

    किसानलाई अनुदानमा आलुको बीउ

    3.6K
    Shares

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । 

    कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।  नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो । 

    नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् । 

    कार्यपालिका बैठकले जलस्रोत कार्यविधि २०७८ पारित गरी नगरप्रमुखको अध्यक्षतामा जलस्रोत समिति गठन गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई निर्देशन दिने निर्णय भएको छ । 

    विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले आगामी पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीको आब २०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend